Thursday 20 August 2026 / बिहीबार, ४ भाद्र २०८३

चितवन राष्ट्रिय निकुञ्जलाई युनेस्कोले प्राकृतिक विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । विशेष गरी वन्यजन्तु पर्यटनका लागि यो निकुञ्ज सबैभन्दा आकर्षक गन्तव्यका रूपमा परिचित छ । एक सिंगे गैँडाका लगि यो निकुञ्ज विश्वकै आकर्षक गन्तव्य हो ।
नेपालको राष्ट्रिय निकुञ्जमध्ये सबैभन्दा बढी बाघ पाइने राष्ट्रिय निकुञ्ज यही हो । यो निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरूलाई समेटेको छ ।

निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जंगलले ढाकेको वन्यजन्तु तथा संरक्षण विभागले जनाएको छ ।

विभागका अनुसार यो निकुञ्जमा गैँडा, पाटे बाघ, सोँस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् ।

तस्बिरहरु ः प्रदीपराज वन्त,रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय