काठमाडौं, कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा सो जानकारी दिएकी हुन् ।
प्रवक्ता डा. संगीता मिश्राका अनुसार मृत्यु हुनेमा वीरेन्द्र अस्पतालमा १२ जनाको र बाँकी २० जना विभिन्न अस्पतालबाट मिति २०७८ माघ १३ गतेदेखि १६ गतेसम्मका संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्६ा ३ हजार ५४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको छ ।


