Wednesday 19 August 2026 / बुधबार, ३ भाद्र २०८३

काठमाडौं, आज विद्याकी देवी सरस्वतीको पूजा-अर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ ।

आजै हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको छ ।

यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा-आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ ।

काठमाडौंको वसुन्धरा स्थित साउथ वेस्टर्न स्कुलका छात्राहरुले श्रीपञ्चमीको अवसरमा स्कुलमा सरस्वती पुजा गर्नुका साथै सरस्वती वन्दाना गितमा नृत्य प्रस्तुत पनि गरेका थिए । आजैका दिन हरेक विद्यालयमा पुजा आजा गरि नयाँ विद्यार्थीहरुलाई भर्ना लिने साथै अक्षर लेख्न पनि सिकाइन्छ ।

तस्बिरहरु ः प्रदीपराज वन्त,रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय