Friday 10 July 2026 / शनिबार, २७ असार २०८३

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले ‘ओरिजिनल’ एमाले केपी ओली नभएर आफू नै भएको बताएका छन् । मंगलबार प्रेस संगठनको राष्ट्रिय भेलालालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले अहिले आफूलाई असली एमाले भनेर भ्रम छरिरहेको बताए ।
उनले ओली गणतन्त्र र संघीयता विरोधी भएको बताए । ‘कुनै भ्रममा नपर्नुस् केपी ओली प्रतिगमनका प्रतिक हुन् । अग्रगमनका होइनन् । उनको एकलवाद, अहंकार, दम्भी र संवैधानिक कदमका विरुद्ध सिंगो देश आन्दोलित छ’, नेपालले भने ।

‘प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि उहाँको हैसियत के रु हामीले त यो संसद् विघटन मानेकै छैनौँ’, अध्यक्ष नेपालले भने । उनले ओलीलाई कि कामचलाउ प्रधानमन्त्री भन्न कि कुर्सी छोड्न चेतावनी पनि दिए ।

‘कि काम चलाउ भन्नुस् कि अहिल्यै कुर्सी छोड्नुस्’ नेपालको भनाइ छ, ‘‘तर उहाँ छोड्नुहुन्न । भर्याङ बनाउनुहुन्छ । पार्टी, म र प्रचण्डलाई पनि भर्याङ बनाउनुभयो । केपी ओलीमा चरम व्यक्तिवाद छ ।

उनले संघीयता र परिवर्तन संकटमा भएका बेला सही र गलत छुट्याउन सक्नुर्नेमा पनि जोड दिए । सत्यको पक्षमा उभिने नै असली नेता हो भन्दै उनले परिवर्तनको रक्षा गर्नु साझा दायित्व बनेको बताए ।

उनले अहिले ओलीका साइवर सेना सक्रिय रहेको सुनेको भन्दै तिनीहरुले केही गर्न नसक्ने बताए । ‘अरिगांलको गोला र झुसिल्कराहरुले केही गर्न सक्दैनन् । सत्य र न्याय हाम्रो पक्षमा छ’, अध्यक्ष नेपालको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय