काठमाडौँ, नेपालको हाईड्रोपावर क्षेत्रको सबैभन्दा ठुलो प्रदर्शनी को रुपमा रहेको हिमालयन हाइड्रो एक्स्पोको तेश्रो संस्करण काठमाडौंमा सम्पन्न भएको छ ।
ऊर्जा जलस्रोत सिँचाईमन्त्री पम्फा भूषालको प्रमुख आतिथ्यमा सम्पर्न भएको उक्त कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. कृष्णप्रसाद ओली, कृषि, सहकारी तथा प्राकृतिक स्रोत संसदीय समितिकी सभापति पूर्णा कुमारी सुवेदी र ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल सहभागी हुनु भएको थियो ।
नेपाल स्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइ कमिसन कन्ट्री पार्टनर रहेको एक्स्पोमा १०० भन्दा बढी स्टल रहेका थिए । जल विद्युत प्रबर्धक उत्पादक, इक्युपमेन्टस् सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बिमालगायत जल विद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहेका थिए ।

एक्स्पोमा साउथ वेस्टर्न बिजनेश कलेजको विद्यार्थीहरूले हाइड्रो सम्बन्धी सामाग्री र सेवाहरु प्रतियोगितामा आफुलाई अबल साबित गर्दै प्रथम भई नगद २०००० सहित प्रमाण पत्र नेपाल सरकारका उर्जा मंत्री पम्फा भुषाल बाट प्राप्त गरेको थियो । साथै उक्त प्रर्दशनीमा उपत्यकाको विभिन्न कलेजहरुले पनि सहभागीता रहेको थियो ।
एक्स्पोमा साउथ वेस्टर्न बिजनेश कलेजको तर्फबाट हाइड्रो सम्बन्धि बिभिन्न जानकारी सुचना तथ्यांकहरु आगान्तुकहरुलाई प्रष्ट र प्रभावकारी रुपमा दिइएको थियो। साउथ वेस्टर्न बिजनेश कलेजका प्रोग्राम कोर्डिनेटर बिनय कट्टेल को संयोजन रहेको टिमले सबैको सहयोग र विद्यार्थीहरूको अथक मेहनतले उपलब्धी हात परेको र कार्यक्रम सफल भएको बताउनु भयो ।


