काठमाडौं , नेपाल बार एसोसिएसनका चारजना पूर्वअध्यक्षहरुले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अपहेलनामा कारबाही हुनुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा मानहानीको मुद्दा पुगेको छ । वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनामा मानहानीको मुद्दा बोकेर अदालतमा पुगेका हुन् । उनको मुद्दा दर्ता हुने प्रक्रियामा रहेको छ ।
आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै बारका पूर्वअध्यक्षहरु वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, शम्भु थापा, प्रेम बहादुर खड्का र शेर बहादुर केसीले प्रधानमन्त्री ओलीको टिप्पणी कानुन व्यवसायमाथिकै प्रहार भएको बताएका छन् ।
यसअघि प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासमा एकजना बाजे वकिललाई लगेर तमासा देखाएको टिप्पणी गरेका थिए । ओलीको सोही टिप्पणीका विषयमा पूर्वअध्यक्षहरुले अपिल गरेका हुन्


