Tuesday 25 August 2026 / मंगलवार, ९ भाद्र २०८३

काठमाडौं, २०७९ भाद्र ११ शनिबार । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को पहिलो गीत सार्वजनिक भएको छ । शनिबार परेको बाबुको मुख हेर्ने दिनको अवसरमा ‘बा’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो । गीत सम्पूर्ण बुबाहरुप्रति समर्पित देखिन्छ । नवराज पराजुलीका शब्दले बाबु र छोरालाई भावनात्मक रुपमा जोड्छन । गीतमा रिदम कँडेलको संगीत र स्वर छ ।

गीतको भिडियोमा हरिवंशका साथै रविन्द्र सिंह बानियाँ र डेब्यु अभिनेता अरुण क्षेत्री फिचर्ड छन् । सिनेमामा हरिवंश र अरुण बाबु–छोराको भूमिकामा छन् । दुईको केमेस्ट्रीले दर्शकसंग अन्तरक्रिया गर्न सक्छ । सामाजिक विषयबस्तुमा आधारित ‘महापुरुष’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । लेखनपनि उनकै हो ।

कार्तिक ११ देखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा मदनकृष्ण, हरिवंश, रविन्द्र र अरुणसंगै गौरी मल्ल, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।

दीपक बज्रचार्यले खिचेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा÷रिदम कँडेलको संगीत, शंकर महर्जनको एक्सन, वाइल्ड रीपर्जको कोरियोग्राफी र मित्र डी. गुरुङको सम्पादन छ । षट्कोण आर्ट्सको व्यानरमा निर्मित सिनेमामा रविन्द्र सिंह बानियाँको कार्यकारी निर्माण छ । म्याक्स दिपेश खत्री चलचित्रका निर्माता हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय