काठमाडौं । भोलि आइतबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लािग निर्वाचन गराउन खटिएका कर्मचारीहरु मतदानस्थल वनाउन व्यस्त छन ।
उनीहरुले मतदान केन्द्रमा गर्नुपर्ने तयारीहरु पनि शनिबार नै गरिसकेका छन् । मतदानस्थलको सुरक्षाका साथै मतदान गर्न सहज हुने गरी लाइन लाग्ने, मत संकेत गर्ने गोप्य कक्ष निर्माण गर्ने, मतपत्र खसालेर फर्किने ठाउँ सबै शनिबार नै निर्माण हुँदैछ ।




















