काठमाडौँ, टोखा नगरपालिका वडा नं ७ मा रहेको साउथवेस्टर्न कलेजले सधैको वर्ष झै यस वर्षपनि विविध कार्यक्रम गरि सरस्वती पुजाको कार्यक्रम सम्पर्न गरेको छ ।
आजकै दिन कलेज प्राङ्गडमा सरस्वतीको मन्दिर टोखा नगरपाली वडा नं. ७ का अध्यक्ष नरोत्तम राणाको प्रमुख आतिथ्यमा श्रीपञ्चमीको अवसर पारेर मन्दिरको शिलन्यास गर्नु भएको थियो । उत्त मन्दिर एक महीना भित्रका काम सम्पर्न गर्ने गरी आजैको दिनवाट सुरु हुने कलेजका भाइस प्रिन्सीपल हरि सिंह केसीले जानकारी दिनु भयो ।
साथै कलेजमा अध्ययनरत विद्यार्थीहरुको सामुहिक अपस्थितिमा कलेजमा विधिव रुपमा सरस्वतीको पुजा साथै प्रसाद वितरण गरिएको थियो भने कलेजमा अध्ययनरत विभिन्न संकायमा अध्ययनरत छात्र छात्राहरुले नृत्य गायन लगायत विभिन्न विधामा मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए ।




















तस्वीरहरु ः यसनेपाली डटकम


