शव्द/तस्वीरहरु ः प्रदीपराज वन्त,प्रशिक्षार्थी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन ग¥यो। यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनको विरुद्धमा देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रदर्शनका लागि पार्टीका शीर्ष नेता देशभर खटिइएका छन् । नेकपाले राजधानीलगायत आसपासका जिल्लाबाट करिब ५० हजार कार्यकर्ता काठमाडौं उतार्ने घोषणा गरेको थियो । नेकपाले संसद् विघटनको विरुद्धमा जनप्रदर्शन गर्न सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो । सरकारले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेकपा सडक सङ्घर्षमा उत्रिएको छ ।

























