Saturday 30 May 2026 / शनिबार, १६ जेष्ठ २०८३

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षसँग पार्टीको बहुमत रहेको स्वीकार गरेका छन् ।
पार्टी दुई समूहमा विभाजन भएपछि आफ्नो समूहको सुदूरपश्चिम भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो स्वीकारोक्ति दिएका हुन् । उनले संसद पुनस्र्थापनाको विकल्प संविधानमा नभएको बताएका छन् । केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा ओलीले यस्तो बताएका हुन् ।

ओलीले पुष्पकमल दाहालसँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको बताएका छन् । उनले भने, ‘प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेश भरिएको छ । कति सम्झौता गर्नु ?’ पार्टी एकता गर्दाको आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति भए पनि पछि दाहालले नै पार्टीको कार्यकारी अध्यक्ष मागेर आफूलाई ५ वर्ष सरकार चलाउन भनेर सम्झौता गरेको ओलीले बताए ।

‘पार्टीको कार्यकारी अध्यक्षको प्रस्ताव पनि उहाँले नै सचिवालयमा राख्नुभयो । मैले हुन्छ भनिदिए ,’ ओलीले थपे, ‘भोलिपल्ट मैले गल्ती गरें कि क्या हो कमरेड भनेर मलाई भन्नुभयो ।’ पार्टीको केन्द्रीय समितिले गरेको निर्णय अनुसार महाधिवेशन गर्ने भनिए पनि दाहालकै कारणले सारिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय