Thursday 15 October 2026 / बिहीबार, २९ आश्विन २०८३

मुम्बई, २८ असोज ।कृति सेननका प्रशंसकहरूका लागि एउटा ठूलो खबर छ। उनी अब डरलाग्दो वा ‘हरर’ विधाको दुनियाँमा पाइला टेक्दै छिन्। प्राप्त जानकारी अनुसार, उनले ‘म्याडक फिल्म्स’को ब्यानरमा बन्ने एक शीर्षकविहीन हरर फिल्ममा काम गर्न सम्झौता गरेकी छिन्। हरर-कमेडी फिल्महरूका लागि परिचित यो प्रोडक्सन हाउससँग उनको यो नबाैं सहकार्य हुनेछ।

आईएएनएसको रिपोर्ट अनुसार, यो आगामी परियोजना ठूलो स्तरमा निर्माण गर्न लागिएको हो र यसमा कृति पूर्ण रूपमा हरर विधाको फिल्मको मुख्य भूमिकामा देखिने छिन्। फिल्मको शीर्षक र कथावस्तु लगायतका विवरणहरू भने हाल गोप्य राखिएका छन्।’ककटेल २’ र ‘तेरी इश्क मेँ’ मा आफ्नो अभिनयका लागि प्रशंसा बटुलि सकेपछि कृति सेननले अन्ततः आफ्नो अर्को परियोजना पक्का गरेकी छिन्। उनी सधैं विभिन्न विधाका चलचित्रहरूमा काम गर्न इच्छुक रहँदै आएकी छिन्।

यसपटक भने उनी म्याडक फिल्म्सद्वारा निर्माण गरिने ठूलो बजेटको फिल्ममार्फत विशुद्ध हरर विधाको दुनियाँमा प्रवेश गर्दैछिन्, जसमा उनी मुख्य भूमिकामा रहनेछिन्,” एक स्रोतले बताएको छ। म्याडक फिल्म्ससँग पुनः सहकार्य यो परियोजना म्याडक फिल्म्ससँग कृतिको नवाैं सहकार्य हुनेछ। यस प्रोडक्सन हाउससँग उनका सहकार्यमा ‘राबता’, ‘बरेली की बर्फी’, ‘लुका छुप्पी’, ‘अर्जुन पटियाला’, ‘मिमी’ र ‘भेडिया’जस्ता फिल्महरू समावेश छन्।”म्याडक लगातार सफलताको यात्रामा छ; यो निर्माण संस्थासँगको उनको यो नवाैं सहकार्य हुनेछ भने ‘मिमी’ (जसका लागि उनले राष्ट्रिय पुरस्कार जितेकी थिइन्) पछि उनीहरूको ब्यानरमा उनको यो दोस्रो एकल मुख्य भूमिका हुनेछ। म्याडकको ‘हरर-कमेडी’ विधाभन्दा फरक, यो चलचित्र पूर्ण रूपमा ‘हरर’ विधाको हुनेछ, जुन विधामा यो निर्माण संस्थाले पहिलो पटक काम गर्न लागेको हो।

निर्माताहरू यसलाई भव्य रूपमा निर्माण गर्ने योजनामा छन्; यद्यपि यसका विस्तृत विवरणहरू हाल गोप्य राखिएका छन्, तर यो निकै उत्साहजनक परियोजना हुनेछ,” स्रोतले थप्यो। कृतिलाई अन्तिम पटक होमी अदाजानियाद्वारा निर्देशित ‘ककटेल २’ मा देखिएको थियो। उक्त चलचित्रमा शाहिद कपुर र रश्मिका मन्दानाको पनि अभिनय रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय