Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

काठमाडौँ-
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू मंगलबार दिउँसो सर्वोच्च पुगेर निवेदन दर्ता गराएका हुन् ।

दाहालसँगै वर्षमान पुन, मातृका यादव, दीनानाथ शर्मा, जनार्दन शर्मा, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङसमेत सर्वोच्च पुगेका छन् ।

प्रचण्डले एमाले र माओवादी केन्द्र अलग हुने गरी भएको फैसला सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन् । फागनु २३ गते नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता अस्वीकार गर्दै दुबै पार्टी अलग अलग हुने फैसला सुनाएको थियो ।

निवेदन दर्ता गराएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले पार्टीको नामसम्बन्धी मुद्दामा भएको फैसला अस्वाभाविक र अप्राकृतिक रहेको तथा राजनीतिक प्रकृतिको निर्णय भएको भन्दै आफूले पहिल्यैदेखि असहमति जनाउँदै आएको बताए । ‘हामीलाई विश्वास छ, देशको राजनीतिक स्थायित्वका निम्ति शान्ति र समृद्धिको एउटा नयाँ अभियानमा नेपाल जाँदै छ, यस्तो बेलामा एकताबद्ध भइसकेका दलहरूलाई विभाजित गर्नेजस्तो राजनीतिक काम, अदालतले जो निर्णय गर्‍यो, त्यो सच्याउनेछ ।’

अहिले पनि उक्त फैसला पुनरावलोकन हुने विश्वास आफूहरुको रहेको प्रचण्डले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय