Wednesday 26 August 2026 / बुधबार, १० भाद्र २०८३

काठमाडौं । अर्जुनकुमार श्रेष्ठको नाम आफैमा समाजसेवी भनेजस्तो भएको छ । विद्यालय तहदेखि नै सामाजिक काममा क्रियाशिल उनले देशदेखि विदेशसम्म आफूलाई सामाजिक कर्ममा केन्द्रीत गरेका छन् । हाल गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षका रुपमा रहेका अर्जुनले समाजमा केही गर्नुपर्छ भन्ने सोच पर्वत फलेवासबाट नै शुरु गरेका हुन् ।

२०३० साउन ५ गते जन्मिएका उनले १० कक्षासम्म स्थानीय श्री जनता माविमा अध्ययन गरे । आइएस्सी त्रिचन्द्र , बिएस्सी पाल्पा तथा मास्टर पिएन क्याम्पसमा पढेका उनले शुरुमा औषधी व्यवसायबाट आफनो व्यवसायिक यात्रा शुरु गरे । २०५१ सालमा सो पेशालाई विस्तार गरेर २०५४ सालमा युगल फार्मेसीको नामलाई चम्काए ।

त्यसलाई क्रमशः विस्तार गरे । विभिन्न वित्तीय तथा सहकारी क्षेत्र तथा विप्रेषणको व्यवसाय समेत उनको रोजाईमा प¥यो । सन् २००४ देखि बेज्लियममा बसोबास गरिरहेको उनले त्यहाँ जापानीज रेष्टुरेन्ट सञ्चालन गर्छन् । त्यस्तै, तीन तथा चार तारे होटल सञ्चालन गरिरहेको छन् ।

नेपालमा नै केन्द्रीत गरेर ओमेगा फार्माच्यूटिकल्स कम्पनी व्यवसाय शुरु गर्न लागेका छन् । आगामी अक्टोबरमा औसधि कलाई बजार मा ल्याउने तयारी गरिएको छ ।
यस्तै, ग्रीस ब्राण्ड लिफ्ट र टर्कीको ब्राण्डेड टेक्सटायलको व्यवसायमा लेदर रुट्स कलेक्सन सञ्चालनमा ल्याइएको छ ।

यस्तै, अस्पतालमा प्रयोग हुने सामग्री तथा टेक्सटायलको काम समेत शुरु गरिएको छ । काठमाडौंको राइजिङ रुट्स कलेक्सन विगत तीन महिनादेखि सञ्चालनमा रहेको छ । विशेषगरी फ्रेन्चाइज मोडल थोक तथा खुद्रा कारोबार गर्ने तयारी गरिएको छ ।
पर्वत उद्योग वाणिज्य संघ, औषधी व्यवसायी संघ धौलागिरी का पूर्ब महासचिब नेपाल जेसिसको कार्यकारी उपाध्यक्ष, लायन्स क्लबको संस्थागत, नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य रहेका श्रेष्ठ बेजिल्यममा नेपाली व्यवसायी संघको ३० महिनासम्म नेतृत्व गरे ।

एनएनआरएनको केन्द्रीय समितिमा दुई कार्यकाल, काम गरेका उनले २०१३ देखि २०१५ मा २७ देशको नेतृत्व गरे । हाल उनी केन्द्रीय उपाध्यक्षको रुपमा कार्यरत छन् । सोसियो इकोनोमीको क्षेत्रमा काम गर्ने लक्ष्य राखेका उनले नेपालमा नै केही गर्ने सोच राखेका छन् ।
शिक्षा, स्वास्थ्य तथा क्षेत्रमा क्रियाशिल रहेका उनी लाप्राकका बस्तीदेखि शंखमूल पार्कसम्म काम गरेका छन् । टर्कीको उद्योग वाणिज्य महासंघमा MISIAD)रहेका उनले गोरखा र तनहुँमा भूकम्प पीडितलाई राहत तथा अध्ययन सामग्री प्रदान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय