Tuesday 6 October 2026 / मंगलवार, २० आश्विन २०८३

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६, बास्तोला गाउँ घर भइ विगत ५ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका एक युवकको सडक दुर्घटनामा मृत्यु भएको छ ।

सपरिवार अमेरिका बसोबास गर्दै आएका २४ वर्षका सुविन बास्तोला सवार कार यही चैत १२ गते सडक दुर्घटनामा परेको थियो ।

कलेजको पढाइ सकेर काममा जाँदै गर्दा उनको गाडीलाई गलत दिशाबाट आएको अर्को गाडीले ठक्कर दिएको थियो । माउन्ट क्यारामेल इस्ट अस्पतालमा उपचारको क्रममा आइतबार बिहान (नेपाली समय अनुसार) सुुविनको निधन भएको काका सुरज बसतोलाले बताए ।

ओहायोमा भएको कार दुर्घटनामा घाइते बास्तोलाको आईसीयु राखेर उपचार गर्ने क्रममा निधन भएको हो । भक्तपुर तेलकोटको बास्तोला गाउँ स्थायी घर भएका बास्तोला हालैमात्र बोष्टनबाट ओहायोको ब्ल्याकलिकमा बसाई सरेका थिए ।

ओहायो स्टेट युनिभर्सिटीमा सुरक्षा र खुफिया विषयमा अध्ययनरत उनी आगामी डिसेम्बरमा दिक्षित हुदै थिए । अमेरिकामा बास्तोलाका आमा, बा, बहिनी रहेका छन् । २०७२ साल असारमा उनी नेपालबाट अमेरिका गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय