Monday 24 August 2026 / मंगलवार, ९ भाद्र २०८३

बालुवाटारस्थित डेलिस ओपेरा रेष्ट्रो तथा ब्याङ्क्वेटमा संचालन भएको मिसेस् तामाङ २०२०को ग्राण्ड फाइनलमा आकृति तामाङले मिसेस् तामाङ २०२०को ताज पहिरिन सफल भएकी छिन् । विजेताको रुपमा नगद पुरस्कार पचास हजार पनि प्राप्त गरेकी उनले प्रतियोगितामा पपुलर र पर्सनालिटी विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाउन सफल भइन् । प्रतियोगितामा क्रान्ति लामा योञ्जन भ्युअर च्वाइस, कन्फिडेन्ट र ट्यालेन्ट अवार्ड सहित फस्ट रनर अप विजेता बन्न सफल भइन् भने मिना कुमारी तामाङ फ्रेन्ड्ली विधाको अवार्ड सहित सेकेन्ड रनर अप तथा वेष्ट वाकको अवार्ड सहित मुना तामाङ थर्ड रनर अप विजेताका रुपमा चयन भएका थिए ।
एसके इन्टरटेन्मेन्ट प्रालि.का लागि शान्ता कुमारी तामाङ आयोजक रहेको सो प्रतियोगिता बागमति प्रदेशका माननीय उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रतियोगिता अन्तर्गत सपना तामाङले अर्गनाइजर च्वाइस र वेष्ट हेयर, आरती वाइबाले वेष्ट स्माइल, शान्ति वाइवा तामाङले फोटोजेनिक, सोलिना तामाङले डिसिप्लीन, लालमाया तामाङले पङ्चुयल, लक्ष्मी तामाङले वेष्ठ स्कीन तथा सानु कान्छी तामाङले इनोसेन्ट विधाको अवार्ड जित्न सफल भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय