Tuesday 31 January 2023 / मंगलवार, १७ माघ २०७९

ग्वार्कोस्थित म्युजिक सिटी हलमा बेहुली श्रृङ्गार गर्ने प्रतियोगिता अर्थात् ब्राइडल कन्टेष्ट नेपाल २०२० सम्पन्न भएको छ । प्रतियोगितामा सहभागि प्रतिस्पर्धीहरु मध्ये सबैभन्दा राम्री बेहुली श्रृङ्गार गरेर ज्ञानु नगरकोटीले प्रतियोगिताको शीर्ष उपाधि जितेकी छिन् । प्रतियोगितामा रेणु दाहाल फस्ट रनर अप तथा सुप्रिया तामाङ सेकेन्ड रनर अपका रुपमा चयन भएका थिए ।
कोजी ब्युटी सलूनको सहकार्यमा अमेजन इन्टरटेन्मेन्टले आयोजना गरेको सो प्रतियोगितात्मक कार्यक्रममा सौन्दर्यकला व्यसायी संघकी संस्थापक अध्यक्ष एवं वरिष्ठ सौन्दर्यविद् कमला श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रतियोगिताका सहभागिहरुले प्रतियोगितापूर्व अमेजन इन्टरटेन्मेन्टकी निर्देशक हिमानी सुब्बा तथा कोजी ब्युटी सलूनकी निर्देशक डा रेखा थापाद्धारा प्रशिक्षण प्राप्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय