Tuesday 6 October 2026 / मंगलवार, २० आश्विन २०८३

क्याथेरेस, स्पेनको एक्स्त्रेमादुरा प्रदेशको क्याथेरेस शहरमा लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी योजना अघि सारिएको छ । नेपाली आर्टिटेक्चर थिममा बनाउन लागिएको गार्डेनमा ४० मिटर अग्लो बुद्वको मूर्ति राखिने भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनले झन्डै १० अर्ब रुपैयाँ खर्च गर्दै सो नगरमा गार्डेन बनाउने योजना अघि सारेको हो ।
अन्ततएक्स्त्रेमादुरा प्रदेशमा गार्डेन बन्ने निश्चित भएको फाउन्डेसनका अध्यक्ष खोसे म्यानुअल भिलानोभा बताए । परियोजनाका लागि जमिन प्राप्त हुनु आफैंमा महत्वपूर्ण रहेको भन्दै स्पेन सरकारको पूर्ण सहयोग र समर्थन रहेको उनको दाबी छ ।
महत्वपूर्ण कुरा भनेको गार्डेन निर्माणका लागि जमिन प्राप्त गर्नु हो । हामीलाई स्पेनको केन्द्रीय तथा प्रदेश सरकारले पूर्ण सहयोग र समर्थन गरेको छ । अबको दुई वर्षमा शिलान्याससँगै निर्माणको काम थाल्ने छौं । १० वर्षभित्रमा परियोजना निर्माण सम्पन्न गर्ने हाम्रो योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय