काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बुधबार मध्यान्ह १२ बजेदेखि कलंकीस्थित मेगा पार्टी प्यालेसमा बैठक जारी ।
बैठकमा आगामी रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय लिएपछि खनाल नेपाल समूह आन्तरिक रणनीति बनाउन जुटेको हो ।
खनाल-नेपाल पक्षमा केही नेताहरु समानान्तर अभ्यास जारी राखेर एमालेमै संघर्ष गर्नुपर्ने पक्षमा छन् भने केहीले नयाँ पार्टी निर्माण गरेर जानुपर्ने मत राख्दै आएको पाइन्छ ।


