Monday 24 August 2026 / मंगलवार, ९ भाद्र २०८३

विभिन्न स्वरुप र अवस्थाका शारारिक अपाङ्गता भएका महिलाहरुमा केन्दि«त व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा प्रतिभा प्रस्फुटन संग सम्बन्धीत फरक खालको सौन्दर्य प्रतियोगिता मिसेस् एण्ड मिस डिस्एबिलिटी क्वीन नेपाल २०२४ सम्पन्न भएको छ । धुम्बाराही स्थित दियो महलमा आयोजना भएको फाइनल प्रतिस्पर्धामा विवाहित तथा अविवाहित गरी २२ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा पर्सनालिटी विधाको अवार्ड सहित काठमाडौ काँडाघारीकी निर्मला भण्डारी मिस डिस्एबिलिटी क्वीन नेपाल २०२४ रुपमा विजयी हुँदा कन्फिडेन्ट विधाको अवार्ड सहित सुदुरपश्चिमकी कौशिला विष्ट मिसेस् डिस्एबिलिटी क्वीन नेपाल २०२४ का रुपमा विजेता चयन भइन् । प्रतियोगितामा वेष्ट हेयरको अवार्ड सहित रोजिना स्याङ्तान फस्ट रनर अप तथा वेष्ट स्कीनको अवार्ड सहित निर्माया मगर सेकेन्ड रनर अप घोषणा भइन् । मिस एण्ड मिसेस् तर्फका विजेताहरुले रु दश हजार नगद पुरुस्कार प्राप्त गरे भने फस्ट तथा सेकेन्ड रनर अप दुवैजनाले जनही पाँच पाँच हजार प्राप्त गरिन् । ग्रीन आर्टस् मिडियाले आयोजना गरेको सो प्रतियोगिताको कोरियोग्राफी अनिला श्रेष्ठले सम्हालेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय