Monday 30 January 2023 / मंगलवार, १७ माघ २०७९

एजेन्सी – रियल म्याड्रिड शनिवार भएको स्पेनी ला लिगामा सेल्टा डि भिगोमाथि २–० को सहज जित दर्ता गर्दै शीर्षस्थानमा उक्लिएको छ ।

रियलको घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा लुकास भाज्क्वेज र मार्को एसेन्सियोको गोलले लिगको शिर्षस्थान पाएको हो ।

१७ खेलबाट ३६ अङ्क जोडेको रियल शिर्षस्थानमा हुँदा तिन खेल कम खेलेको एट्लेटिको म्याड्रिडको १४ खेलबाट ३५ अंक छ । त्यस्तै २३ अंकसहित पराजित सेल्टा आठौं स्थानमा छ ।

खेलको सुरुवातमै लुकास भाज्क्वेजको गोलबाट रियलले खेलमा अग्रता बनाएको थियो । दास्रो हाफको ५३औं मिनेटमा भाज्क्वेजको पासमा एसेन्सियोले गोल गर्दै रियलको अग्रता दोब्बर बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय