Saturday 11 July 2026 / आईतवार, २८ असार २०८३

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी ९जसपा० का नेताद्वय अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् ।
बालुवाटार पुग्नुअघि देउवा निवास बुढानिलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग उनीहरुले भेट गरेका थिए । जसपाका यी दुई जना नेताहरु केपी ओली सरकार विकल्प तत्काल नभएको बताउँदै आएका छन् ।
प्रधानमन्त्रीले भोलि विश्वासको मत लिन प्रतिनिधिसभा बैठक बोलाएका छन् । सोही सेरोफेरोमा जसपाका नेताहरुले ओलीलाई भेटेका हुन् । यद्यपि जसपा विश्वासको मत दिने सन्दर्भमा तटस्थ बस्ने बताएको छ । तर, उपेन्द्र यादवले भने कांग्रेस–माओवादी गठबन्धनलाई सघाउने दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय