नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत मन्त्रालयमा उनले शपथ ग्रहण गरेका हुन् । अध्यक्ष श्रेष्ठको पदावधि ४ वर्षको हुनेछ । पदभार ग्रहणपछि नेपालको पूँजी बजार पूर्ण रुपमा सञ्चालन नभइरहेको अवस्थामा गर्नुपर्ने धेरै काम बाँकी रहेको उनले बताए ।


