Sunday 20 June 2021 / आईतवार, ६ असार २०७८

सव्द तस्वीर ः प्रदीपराज वन्त
काठमाडौं । राजनीति चक्रव्यूहमा फसे जस्तै भएको छ । राजनीतिको केन्द्र सिंहदबार यतिबेला खासमा चुपचाप छ । किनकी, कोरोना भाइरसका कारण आम रुपमा सिंहदरबार खाली खाली छ । केही मन्त्रालयमा केही कर्मचारी छन् । कहिलेकाही मन्त्रीहरु झुल्किन्छन् । केही सचिव र सहसचिव पनि आउँछन् ।

तर सधै तछाड र मछाड गर्दै व्यस्त रहने सिंहदबार आजकल कोरोना महामारीका कारण सुनसान जस्तै देखिन्छ । केही कर्मचारीहरुको मात्र उपस्थितीमा कार्याल सञ्चालनमा रहेको भएतापनि सवैजना डर र त्रासमा दिन विताउछन ।

कतै रोगले पो समाउने होकी नयाँ मान्छे देख्ने वित्तिकै आत्तिने यो समयमा सिंहदरवार भित्रको गमला र फुलवारीका सयौ फूलहरु सिंहहरुलाइ हेर्न लालायित छन।

तर ती फूलहरु मालीको अभावमा ओलाइरहेका फुलहरुलाई कसले स्याहार्ला ? प्रश्न संगीन छ ।

राजनैतिक गर्मीको रोमान्चक खवरहरु सुनेर भमराहरु फुलमा वसेर स्वाद लिदै नयाँ शासकहरु आउने हल्ला सुनाउदै छन फूलहरुलाई । सधै सिंहदरवारमा नेताको फोटो खिच्ने मेरा क्यामराको लेन्स र मन ती फूलहरुमा रमाउदै तस्वीर कैद गर्न इच्छुक बन्यो ।
ती फूलका आ आफना रुप छन् । खासमा ती फूल जस्ता छन् । फूल भएर नै ती फूल भएका ह्ुन् ।

किनकी, तिनले जीवनप्रतिको मोह जगाएको छ । आशाको सञ्चार गरेको छ । विपदमा पनि ती निस्फिक्रि फूलेका छन् । तिनलाई कुनै परवाह छैन । तर, शासकहरु सिंहदरबारलाई मरुभूमितुल्य बनाइरहेका छन् । तर, फूलले भने त्यस विरुद्ध प्रतिरोध गरेको जस्तो देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय