Thursday 6 February 2025 / बिहीबार, २४ माघ २०८१

खाँदबारी (सङ्खुवासभा), यहाँको खाँदबारीमा सञ्चालित तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा ६३ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ ।केन्द्रले सोमबार र मङ्गलबार आयोजना गरेको शिविरमा पाँच सय २३ जनाको सामान्य आँखा जाँच गरिएको तेजरत्न आँखा उपचार केन्द्रका प्रमुख क्षितिज बरालले बताउनुभयो ।

मेची आँखा अस्पताल झापाको सहयोगमा सञ्चालित शिविरमा सङ्खुवासभा, धनकुटा र भोजपुरका आँखा रोगीले उपचार सेवा लिएका छन् । मेची आँखा अस्पतालका डा पुरुषोत्तम जोशी नेतृत्वको टोलीले शिविरमा आएका बिरामीको उपचार गरेको थियो । वडावडामा आँखा जाँच गरेर मोतियाबिन्दु लागेका बिरामीको पहिचान गरी उनीहरुलाई निःशुल्क उपचार गरिएको उपचार केन्द्रका प्रमुख बरालले बताउनुभयो । शिविरमा दुई सय ५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको आयोजकले जनाएको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय