Saturday 25 October 2025 / शनिबार, ८ कार्तिक २०८२

काठमाडौं ,इशा गुरुङ जो कास्कीको पोखरामा जन्मिएर विदेशी भूमिमा रहेर पनि दुःखमा परेका हरेक नेपालीहरूको एक प्रेरणादायी समाजसेवीका रूपमा स्थापित हुनुभएको छ । विदेशमा बसेर पनि आफ्नो जन्मभूमि नेपालका लागि निरन्तर योगदान गर्दै आउनुभएकी इशाको जीवन र कामले धेरैलाई समाजसेवामा लाग्न प्रेरित गरिरहेको छ ।

उहाँले आफ्नो प्रारम्भिक शिक्षा पोखराको बगरमा रहेको बोहरा स्कुलबाट सुरु गरी माध्यमिक शिक्षा कन्या हाई स्कुलबाट पूरा गर्नुभयो । पछि पृथ्वीनारायण क्याम्पसमा कानुन विषयमा अध्ययन गर्नुभएको थियो । २१ वर्षको सानो उमेरमा रोजगारीका सिलसिलामा पहिलोपटक जापान जानुभयो र त्यहाँ धेरै सङ्घर्ष गर्दै आफ्नो जीवनयापन गर्न थाल्नुभयो । उहाँका बुबा ब्रिटिस आर्मीमा कार्यरत हुनुहुन्थ्यो, तर अफसोच उहाँले कहिल्यै भेट्न पाउनुभएन । त्यसपछि सन् २००० मा इशा गुरुङ जापानबाट फर्केर फेरि रोजगारीका लागि लण्डन जानुभएको थियो ।

विदेशी भूमिमा बसेर पनि उहाँले जन्मभूमि नेपालका लागि अनगिन्ती योगदान गर्दै आइरहनुभएको छ । समाजसेवामा उहाँको योगदान भनेको केवल आर्थिक सहयोग नभएर, शिक्षा, स्वास्थ्य, विपद् राहत, महिला सशक्तीकरण र प्राकृतिक विपद्का पीडितका लागि गरिएका काम धेरै छन् ।

इशाले शिक्षा, स्वास्थ्य, विपद् राहत, महिला सशक्तीकरण र प्राकृतिक विपद्बाट पीडित भएकाहरूको सहयोगमा असङ्ख्य परियोजनाहरूमा आर्थिक र नैतिक सहयोग पु¥याउँदै आउनुभएको छ । उहाँको योगदान नेपालका विभिन्न संस्थाहरूमा मूल्यवान सावित भएको छ, जसमा रास्कोट अस्पताल, धुर्मुस सुन्तली फाउन्डेसन, महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रलगायत परियोजनामा उहाँले विशेष योगदान गर्नुभएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोग र त्यसमा आपत्विपद्मा परेका व्यक्तिहरूको फोटो र भिडियो हेरेर पनि धेरैलाई सहयोग गर्दै आइरहनुभएको छ ।

समाजप्रति गुरुङको दृष्टिकोण भनेको, ‘जहाँ आवश्यक छ, त्यहाँ सहयोग पु¥याउनु हो ।’ उहाँले विपन्न परिवारका बालबालिकाको शिक्षाका लागि छात्रवृत्ति, स्वास्थ्य समस्याबाट पीडित व्यक्तिहरूको उपचारका लागि आर्थिक सहयोग, प्राकृतिक विपद्पीडितलाई राहत सामग्री र नगद सहयोग, र महिला सशक्तीकरणका लागि तालिम कार्यक्रमलाई पनि विभिन्न माध्यमबाट आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

कोभिड–१९ को समयमा पनि उहाँले युकेबाट लाखौँ रकम सङ्कलन गरी नेपालमा सहयोग गर्नुभएको थियो । त्यस्तै, २०७२ सालको विनाशकारी भूकम्पका बेला पनि धेरैलाई आर्थिकलगायत राहत प्याकेज वितरण गरेको स्मरण गर्नुभयो ।
नेपालमा हरेक वर्ष आइरहने बाढीपहिरोपीडितका लागि राहत कार्यक्रममा पनि उहाँले योगदान गर्दै आइरहनुभएकोे छ । उहाँको योगदान र समाजसेवाले उहाँलाई समाजका विभिन्न वर्गबाट सम्मान र प्रशंसा प्राप्त भएको छ । चाहे जहाँ बसोबास गरौँ, हाम्रो कर्तव्य र माया सधैँ हाम्रो जन्मभूमि नेपालका लागि रहने बताउनुहुन्छ गुरुङ ।

गुरुङको सोच जहाँ आवश्यकता छ, त्यहाँ सहयोग पु¥याउनु रहेको छ । उहाँले अहिलेसम्म शिक्षा, स्वास्थ्य, विपद् राहत र महिला सशक्तीकरणका क्षेत्रमा धेरै परियोजनामा आर्थिक र नैतिक सहयोग पु¥याउँदै आउनुभएको छ । उहाँको सोच विदेशमा बसेर पनि आफ्नो देशमा भएका गरिब दीनदुःखी जनताका लागि योगदान पु¥याउनु हो । इशा गुरुङजस्ता व्यक्तित्वले विदेशमा बसेर पनि आफ्नो जन्मभूमिका लागि र समाजमा सकारात्मक परिवर्तन ल्याउन ठूलो भूमिका निर्वाह गर्नुभएको छ ।

उहाँको योगदानले नेपाली समाजमा एकजुट भएर सहयोगको भावना बलियो बनाउने काम पनि गरेको छ । उहाँको कार्यले धेरैलाई समाजसेवामा संलग्न हुन प्रेरित गरेको छ । गुरुङजस्तो समाजसेवीले हाम्रो समाजलाई अझ राम्रो बनाउनका लागि मार्गनिर्देशन गरिरहनुभएको छ । यस प्रकारका निःस्वार्थ सेवाभावले मात्र हाम्रो समाज समृद्ध र सशक्त बन्न सक्छ ।
००० रेजीना तुलाधर ०००

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय