Sunday 26 October 2025 / आईतवार, ९ कार्तिक २०८२

काठमाडौं — लोकप्रिय गायक प्रमोद खरेल र परम्परा ब्यान्डले नेपाली संगीतप्रेमीहरूका लागि नयाँ लोक रक फ्युजन गीतको भिडियो सार्वजनिक गरेका छन । जसमा परम्परागत लोकसंगीत र आधुनिक रक संगीतलाई सफलतापूर्वक मिश्रण गरेको छ ।
उक्त गीतमा शब्द र संगीत राजकुमार बगरको रहेको छ । हाम्रो भूमिको माया र सांस्कृतिक पहिचानलाई समेटेर हरेक स्वरमा कथा सुनाएका छन । महाराज थापा ले संगीत संयोजन गरेका छन् भने कुशल थापा ले मिक्सिङ र मास्टरिङ्ग गरेका छन्।

परम्परा ब्यान्डमा राहुल भुजेल (कीबोर्ड), देवासिश तामाङ (लीड गितार), कुशल थापा (बास गितार), जेपी जोशी (मादल), भुपेन विश्वकर्मा (ड्रम), र संजीव मैनाली (बाँसुरी) छन् भने गितार वक्र्समा संजीव बराइलीको भूमिका रहेको छ ।

कोरियोग्राफर राजिव समर, छायाँकन दीप पराजुली, र निर्देशन शन्न थापाको रहेको छ । भने निर्मातामा दीपा सितौला रहेकोछ।
“प्रमोद खरेल र परम्परा”व्याण्ड आगामी भाद्र महिना अस्टे«लियाको सांगितीक टुरमा एक महिनासम्म नेपाली दर्शक तथा संगीत प्रेमीहरुलाई झुमाउनेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय