Wednesday 19 August 2026 / बुधबार, ३ भाद्र २०८३

काठमाडौँ, युवापुस्तामा लोकप्रिय गायक केहर सिंह लिम्बुले आफ्नो नयाँ गीत ‘झ्यालैमा’ सार्वजनिक गरेका छन्।

‘सरर सरर…’, ‘तिमीलाई सम्झेर’, ‘टुटेको मुटु’ र ‘बैगुनी’ जस्ता हिट गीतका सर्जक तथा गायक लिम्बुको यो नयाँ सिर्जना शनिबार केन्द्र मोशन पिक्चर्स युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा केहर सिंहको एकल स्वर रहेको छ भने यसको कम्पोज सुमन तामाङ र केहर सिंह लिम्बुले संयुक्त रूपमा गरेका हुन्।

भिडिओमा गायक लिम्बु स्वयंले मीना योसिदा गुरुङसँग अभिनय गरेका छन्। भिडिओको निर्देशन सागर लामिछाने मगरले गरेका हुन्।

शनिबार रिलिज भएको ‘झ्यालैमा’ले हालका दिनमा स्रोता र दर्शकबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय