Wednesday 28 October 2026 / बुधबार, १२ कार्तिक २०८३

नुवाकोट, यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको आज निःशुल्क मुटु परीक्षण गरिएको छ । पल्मोनरी हाइपरटेन्सन एशोसियन नेपालद्वारा आयोजित कार्यक्रममा ४२७ बालबालिकाको मुटु परीक्षण गरिएको सो संस्थाका अध्यक्ष सम्झना खनाल गड्तौलाले जानकारी दिनुभयो ।

शिविरमा काठमाण्डु मेडिकल कलेज, वीरेन्द्र सैनिक र कान्ति बाल अस्पतालका चिकित्सकले परीक्षण र परामर्श दिएका थिए । शिविरको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले गाउँगाउँका बालबालिकालाई नियमित स्वास्थ्य परीक्षण र अभिभावकमा स्वास्थ्य सचेतना फैलाउन प्रयास भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय