सुनसरी–१ मा जारी मतगणनामा हर्कराज राईले फराकिलो अग्रता बनाएका छन्। पछिल्लो परिणामअनुसार उनले ३३ हजार ५६५ मत प्राप्त गरेका छन्।
उनीपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २० हजार २३७ मत ल्याएकी छन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका सूर्य बहादुर भट्टराईले ५ हजार ५८९ मत, नेकपा एमालेका टिका राम लिम्बुले ४ हजार ८४९ मत तथा नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार २४१ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


