Saturday 18 July 2026 / शनिबार, २ श्रावण २०८३

धुलिखेल, काभ्रे, साउन २ — राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजे नेपालद्वारा आयोजित “AI Skills for Photojournalists: A Professional Capacity-Building Workshop” शनिबार धुलिखेलस्थित माउन्ट प्रिन्सेस होटलमा सम्पन्न भएको छ। फोटोपत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोग तथा आधुनिक प्रविधिसँग फोटोपत्रकारलाई अभ्यस्त बनाउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो।

एकदिने व्यावसायिक क्षमता अभिवृद्धि कार्यशालामा एनएफपिजे नेपालका केन्द्रीय कार्यसमितिका १३ जना सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा फोटोपत्रकारितामा एआईको प्रयोग, डिजिटल उपकरणहरूको प्रभावकारी उपयोग, समाचार तथा तस्बिर सम्पादन, भिजुअल स्टोरीटेलिङ तथा आधुनिक प्रविधिको प्रयोगसम्बन्धी विषयमा सैद्धान्तिक छलफलसँगै व्यवहारिक अभ्यास गराइएको थियो। कार्यशालामा एआई प्रशिक्षक अजय शर्माले प्रशिक्षण दिएका थिए।

कार्यक्रमको समापन गर्दै एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तले पत्रकारिता क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै प्रविधिलाई जिम्मेवार, नैतिक र व्यावसायिक रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले बदलिँदो प्रविधिसँगै फोटोपत्रकारहरूको सीप अभिवृद्धि गर्न यस्ता क्षमता विकासमूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए। आगामी असार द्रोस्रो हप्ता २ दिने सस्थाका सम्पूर्ण फोटोपत्रकारहरुलाई पनि एआई तालिम सन्चालन गरिने छ।

आयोजकका अनुसार कार्यशालाले फोटोपत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै बदलिँदो प्रविधिसँग अनुकूल हुन आवश्यक ज्ञान, सीप र दक्षता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सहभागीहरूले कार्यशाला समयसापेक्ष, व्यवहारिक तथा व्यावसायिक रूपमा अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिँदै भविष्यमा पनि यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय