इराज एम्बेसडर सिजन २ युवा प्रतिभा, आत्मविश्वास, व्यक्तित्व र मौलिकताको प्रेरणादायी उत्सवका रूपमा सम्पन्न भएको छ। प्रतियोगिताले सहभागीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मात्र नभई आत्मविश्वासका साथ मञ्चमा उभिने, प्रभावकारी रूपमा प्रस्तुत हुने र आफ्नो व्यक्तित्वलाई निखार्ने अवसर प्रदान गरेको थियो। प्रतियोगितामा यमश याक्खाले उत्कृष्ट प्रदर्शन गर्दै विजेताको उपाधि हासिल गरे। आफ्नो प्रभावशाली प्रस्तुतिलाई थप सशक्त बनाउँदै उनले भ्युर्स च्वाइसको उपाधिसमेत आफ्नो नाममा पार्न सफल भए। त्यसैगरी, साहिना श्रेष्ठले आकर्षक प्रस्तुति, शालीनता, आत्मविश्वासपूर्ण चाल तथा उत्कृष्ट मञ्चीय उपस्थितिका लागि बेस्ट वाकको उपाधि प्राप्त गरिन्।
प्रतियोगितामा सिजन भण्डारी र अनिशा थापा मगरले प्रथम रनर–अपको स्थान हासिल गरे। आलोक तामाङ र श्रेया बोहोरा दोस्रो रनर–अप घोषित भए भने समर्पण अधिकारी र राहेल श्रेष्ठले तेस्रो रनर–अपको उपाधि प्राप्त गरे। त्यस्तै, प्रशान्त दिक्चित र आराधना श्रेष्ठ चौथो रनर–अप घोषित भए। प्रतियोगितामा आफ्नो विशिष्ट उपस्थिति र समग्र प्रभावका लागि सानुका गुरुङले अर्गनाइजर’स च्वाइसको सम्मान प्राप्त गरिन्। फेसन इराको आयोजनामा तथा आनन्द सिंह र मलिका दाहालको नेतृत्वमा सम्पन्न इरा’स एम्बेसडर सिजन २ राष्ट्रिय नाचघर, जमलमा आयोजना गरिएको थियो। प्रतियोगितामा सहभागी युवा प्रतिभाहरूले आफ्नो व्यक्तित्व, आत्मविश्वास, सञ्चार क्षमता, मञ्चीय प्रस्तुति तथा समग्र उपस्थितिमार्फत आफूलाई प्रस्तुत गरेका थिए।



