Monday 14 September 2026 / सोमबार, २९ भाद्र २०८३

पाब्सन काठमाडौंको तथा एक्सन इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा संचालन भएको प्याब्सन मिस लिटिल आइडल २०२६ उत्साह, आत्मविश्वास, प्रतिभा, सिर्जनशीलता तथा नेतृत्व क्षमताको भव्य प्रस्तुतिसँगै सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न विद्यालयबाट ५९ जना बाल प्रतिभा सहभागी भएका थिए। बालिकाहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै उनीहरूको व्यक्तित्व, आत्मविश्वास र प्रस्तुति क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो। काठमाडौं प्रज्ञा कुञ्ज स्कुलकी विद्यार्थी अवनि अर्यालले उत्कृष्ट आत्मविश्वास, प्रभावशाली स्टेज प्रस्तुति, प्रतिभा तथा समग्र व्यक्तित्व प्रदर्शन गर्दै पाब्सन मिस लिटिल आइडल २०२६को ताज पहिरिन सफल भइन्। विजेता अर्यालले रु. ५० हजार नगद पुरस्कार प्राप्त गर्नुका साथै मिस ट्यालेन्टको उपाधिसमेत हासिल गरिन्। विद्या विकास इङ्लिस स्कुलकी भूमिका त्रिपाठीले फस्र्ट रनर–अपको उपाधि जित्दै रु. २५ हजार नगद पुरस्कार प्राप्त गरिन्। त्यस्तै नेक्सस इन्टरनेसनल एकेडेमीकी रेहाना केसीले सेकेन्ड रनर–अपको उपाधिसहित रु. १५ हजार नगद पुरस्कार प्राप्त गरिन्। प्रतियोगितामा विभिन्न विधागत उपाधिमार्फत सहभागी बालिकाहरूको विशिष्ट क्षमता र व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो। क्रिएटिभ एकेडेमीकी श्रेया खत्रीले मिस पब्लिक च्वाइस, ज्ञान निकेतन स्कुलकी एरिका श्रेष्ठले मिस पर्सनालिटी तथा नेपाल सेन्ट्रल हाइ स्कुलकी सिम्रन मगरले मिस लिडरसिपको उपाधि हासिल गरे।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। उनको उपस्थितिले बाल प्रतिभालाई प्रोत्साहन गर्दै आत्मविश्वास, नेतृत्व, सञ्चारकौशल तथा सकारात्मक व्यक्तित्व विकासका लागि यस्ता सिर्जनात्मक मञ्चको महत्त्वलाई थप उजागर गरेको थियो।
कार्यक्रमको समग्र फेसन कोरियोग्राफी तथा सञ्चालन फेसन कोरियोग्राफर एवं मिडिया पर्सन रोजिन शाक्यले गरेका थिए। उनको निर्देशनमा प्रतियोगीहरूको स्टेज प्रस्तुति, चालढाल, आत्मविश्वास र समग्र प्रस्तुतीकरणलाई व्यवस्थित तथा आकर्षक ढङ्गले प्रस्तुत गरिएको थियो। मिस मङ्गोल नेपाल २०२४ एन्जल राईले प्रतियोगीहरूको कोचका रूपमा सहभागी हुँदै उनीहरूको सञ्चारकौशल, आत्मविश्वास र व्यक्तित्व विकासमा प्रशिक्षण तथा मार्गदर्शन प्रदान गरेकी थिइन्।
कार्यक्रममा प्रस्तुत विशेष नृत्य प्रस्तुतिलाई सुरभी मगर र मीना लामाले कोरियोग्राफी गरेका थिए।

प्रतियोगीहरूको आकर्षक स्टेज प्रस्तुतिलाई थप प्रभावकारी बनाउन आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियरका विद्यार्थी डिजाइनरहरूले तयार पारेका पोसाकसमेत प्रयोग गरिएको थियो। यसले एकातर्फ बाल प्रतिभालाई आफ्नो सिर्जनात्मकता प्रस्तुत गर्ने अवसर प्रदान ग¥यो भने अर्कोतर्फ उदीयमान फेसन डिजाइनरहरूको सिर्जनशीलतालाई समेत मञ्च उपलब्ध गराएको थियो। प्याब्सन मिस लिटिल आइडल २०२६ केवल सौन्दर्य वा प्रतिस्पर्धामा सीमित कार्यक्रम नभई बालिकाहरूमा आत्मविश्वास, प्रतिभा, सञ्चारकौशल, व्यक्तित्व, सिर्जनशीलता र नेतृत्व क्षमता अभिवृद्धि गर्ने सशक्त मञ्चका रूपमा प्रस्तुत भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय