लिटिल स्टार्स भक्तपुर २०२६ – सिजन ६ बाल प्रतिभा, आत्मविश्वास, सिर्जनशीलता र प्रस्तुतिको जीवन्त उत्सवका रूपमा भव्यतापूर्वक सम्पन्न भएको छ । नयाँ पुस्ताका उदीयमान बाल प्रतिभाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्दै आयोजना गरिएको यस प्रतियोगिताले व्यक्तित्व विकास, कला, मनोरञ्जन र प्रतिभाको विविधतालाई उजागर गरेको थियो ।

समूह ‘ए’ अन्तर्गत सेल्सा लुइँटेल विजेता घोषित भइन्। बिपासना पौडेल फस्र्ट रनर–अप, अक्षता यादव सेकेन्ड रनर–अप, स्वान्श कार्की थर्ड रनर–अप तथा आभा घिमिरे फोर्थ रनर–अप बने।

समूह ‘बी’ को उपाधि अनुश्री कार्कीले जितिन्। भावना बराल फस्र्ट रनर–अप, श्रीयश गुरागाईं सेकेन्ड रनर–अप, शायना तामाङ थर्ड रनर–अप तथा आरुशी खड्का फोर्थ रनर–अप घोषित भए।

त्यसैगरी, समूह ‘सी’ मा श्रीयशा गुरागाईं विजेता बनिन्। दिक्ष्या सुन्दास फस्र्ट रनर–अप, सुबिका भेले सेकेन्ड रनर–अप, रोजलिन थापा थर्ड रनर–अप तथा बिट्रिशा महर्जन फोर्थ रनर–अप घोषित भए। प्रतियोगिताको मल्टिमिडिया स्टार विधामा मिवाल्पा लापेच्छा विजेता, आरुशी खड्का फस्ट रनर–अप तथा सेल्सा लुइँटेल सेकेन्ड रनर–अप बने। यसैगरी प्रतियोगितामा मिवाल्पा लापेच्छालाई लिटिल प्रिन्स तथा प्रतिश्या फुयाललाई लिटिल प्रिन्सेसको प्रतिष्ठित उपाधि प्रदान गरिएको थियो ।

विभिन्न समूहका बाल प्रतिभाहरूको सहभागिताले भरिएको कार्यक्रममा व्यक्तित्व प्रस्तुति, कोरियोग्राफी, नृत्य तथा संगीतलाई मनोरञ्जनात्मक र सिकाइपूर्ण अनुभवका रूपमा प्रस्तुत गरिएको थियो। महेश के।सी।को नेतृत्वमा इनोभेसन इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित कार्यक्रमको क्रिएटिभ कोरियोग्राफी तेन्जु योञ्जन, नृत्य प्रशिक्षण कृपा बज्राचार्य, गायन मार्गदर्शन दीपक श्रेष्ठ तथा व्यावसायिक सञ्चालन रोजिन शाक्यले गरेका थिए। कार्यक्रम ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न भएको थियो ।



