Friday 3 February 2023 / शनिबार, २१ माघ २०७९

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुललाई साउथह्याम्टनले पराजित गरेको छ ।

लिगको मङ्गलबार विहान भएको खेलमा लिभरपुल साउथह्याम्टनसँग १–० ले स्तब्ध बनेको हो ।
साउथह्याम्टनको घरेलु मैदानमा भएको खेलमा लिभरलपुल खेलको दोस्रो मिनेटमा नै पछि परेको थियो ।

ड्यानी विङ्सले खेलको सुरुवाति समयमा गरेको गोल नै लिभरपुरको पराजयको कारण बन्यो । एक गोलले पछि परेको लिभरपुलले त्यसपछि लगातार घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न असमर्थ बन्यो ।

प्रिमियर लिगमा लिभरपुलको यो दोस्रो हार हो । यसअघि लिभरपुल एस्टन भिल्लासँग ७–२ ले पराजित भएको थियो ।
हारले लिभरपुल शीर्षस्थानमा ३ अंकको अग्रता लिने अवसरबाट चुकेको छ । लिभरपुलको १७ खेलबाट ३३ अंक रहेको छ भने साउथह्याम्टन २९ अंक सहित छैटौ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय