व्यक्तिको जीवन कयन् भागमा बाँडिएको हुन्छ । आवश्यकता र जिम्मेवारीका वीच सही सन्तुलन बसाउनका लागि स्वयंलाई मजबूत र परिपक्व बनाउनु पर्ने हुन्छ । केही समय अगाडि गरिएका कयन् शोधहरुले पैसा सित जोडिएका परिस्थितिले व्यक्तिको यौन जीवनलाई प्रभावित गर्ने गरेको पाइन्छ । वास्तविक जीवनमा प्रेम वा पैसा वीच कुनै एकलाई चयन गर्ने विकल्प अधिंकाश अवस्थामा पाइने गर्दैन । जीवनमा दुवैको आवश्यकता छ । पैसा विना प्रेम असमय मुर्झाउने गर्छ भने धैरे पैसा कमाउने चक्करमा प्रेम सम्बन्धमा टाढापन आउने गर्दछ । युएसमा नर्थवेस्टर्न म्युचअलले गरेको एक अध्ययन अनुसार त्यहाँका वयस्क व्यक्तिहरुमा तनाव र दबाबको आम कारण पैसा भएको पाइयो । यसको सबैभन्दा नकरात्मक प्रभाव तिनको लव लाइभमा देखिएको थियो । यो शोधमा सहभागि भएका दश जोडी दम्पत्ती मध्ये चार दम्पत्तीले पैसाका कारण सम्बन्धमा समस्या आएको स्वीकारे र जसले गर्दा तिनको यौन जीवन निकै प्रभावित बन्न पुग्यो । यस शोधका प्रमुख शोधकर्ताको निष्कर्ष अनुसार व्यक्ति आर्थिक चिन्ता वा भविष्यका बारेमा यति धेरै सोच्ने गर्छन् कि तिनलाई आफ्नो अगाडि भएका राम्रा कुराको आनन्द लिन सक्दैनन् । यसमा यौन क्रिया पनि समावेश छ । कयन् पटक आर्थिक आर्जन गर्ने चाहनाले व्यक्तिलाई घर भन्दा बढी समय बाहिर व्यतित गर्न बाध्य बनाउने गर्दछ । घर पुग्दा सम्म उसको मन मस्तिष्क र शरिर थकित भैसकेको हुन्छ । उसको सम्पूर्ण उर्जा भविष्यको योजना बनाउन र त्यसलाई पूरा गर्ने दौडधूपमै रित्तिन पुग्छ । यसका कारण तिनलाई यौन जीवनमा सक्रिय सहभागि हुनका लागि तयार हुन समय लाग्ने गर्छ ।
काम, पैसा र यौन जीवनको अत्यन्त महत्वपूर्ण एवं संवेदशील पक्ष हो जसबारेमा कुरा गर्नु सहज छैन । अतः प्रायः दम्पत्ती यस बारेमा विचार विमर्श गर्नमा रुचि राख्ने गर्दैनन् । तिनलाई लाग्छ कि यसबारेमा कुरा गर्द आपसी कुटतता सिर्जना हुनपुग्छ । तिनीहरु आफ्नो भावना दबाउन तिर उन्मुख हुन्छन् तर भित्रभित्रै तिनलाई यीनै कुराको चिन्ता सताइरहेको हुन्छ । उनीहरु पेसिभ अग्रेसिभ हुन थाल्छन् र सेक्स सम्बन्धका लागि बहाना बनाउन थाल्छन् । एक्पर्टस्का अनुसार तनावको स्थितिमा शरीरको नर्वस सिस्टमले फाइट वा फ्लाइट अर्थात् लड्ने वा भाग्ने जस्तो प्रतिक्रिया दिने गर्दछ । यसमा कार्टिसोल र एपिफ्रेन जस्ता स्ट्रेस हार्मोन्सको श्राव हुने गर्दछ । हुनतः यी नराम्रा हार्मोन्स होइनन् तर जब यो लगातार रिलिज हुन्छ तब यसले स्वास्थ्यमा नकरात्मक प्रभाव पार्ने गर्दछ । जस्तै कार्टिसोलले सेक्स हार्मोनलाई दबाउने गर्दछ र यसका कारण लो लिबिडो जस्ता समस्या हुन थाल्दछ ।
द बैंक अन योरसेल्फ रिभोल्युसनमा आर्थिक स्तर र आपसी सम्बन्धीका वीच तालमेल बुझ्नका लागि लेखकले कयन् कपल्ससित कुराकाी गरेको उल्लेखीत छ । यसमा लगभग तीस प्रतिशत कपल्सले स्वीकारेका छन् कि उनीहरु पैसाका मामिलामा आफ्नो पार्टनरलाई पूर्ण सत्य बताउने गर्दैनन् कारण तिनलाई यसबारे आफ्नो पार्टनरको कस्तो प्रतिक्रिया रहन्छ भन्ने बारेमा ज्ञान छैन । कयन् पटक तिनले आफ्नो खरिददारीका बारेका पार्टनरसित झूठो पनि बोलेका छन् । जस्तै के कस्तो सामान खरिद गरियो, कुन परिमाणमा खरिद गरियो र तिनको मूल्य के थियो आदि बारे । अधिकांश दम्पतीले यस बारेमा विवाह अगाडि कुनै प्रकार विचार विमर्श नगरेको पनि बताएका थिए । लगभग सत्तरी प्रतिशत मामिलामा आर्थिक स्थितिका कारण सम्बन्धमा चिरा परेका वा वाद विवाद स्थिति आएको उल्लेखित छ । कतिपयले त आर्थिक स्थिति राम्रो भएको भए तिनको यौन जीवन सुखद हुने थियो भन्ने कुराको स्वीकारोत्ती दिएका थिए ।रिलेशनशिप कोच किम अनामी आफ्नो ब्लमा लेखेकी छिन् ,‘धनी हुनका लागि सबैभन्दा सरल तरिका हो, आफ्नो सेक्स सम्बन्धलाई राम्रो बनाऔं’ । यसो लेख्नु पछाडि उनको तर्क थियो , सेक्सुयल एनर्जी व्यक्तिको क्रिएटिभ एनर्जी हो । यसैबाट नयाँ जीवनको रचना हुने गर्दछ । सेक्सयुल अभिव्यक्ति र आर्थिक स्थितिको आपसी सम्बन्ध अत्यन्त गहिरो छ । आफ्नो सेक्सुयल एनर्जीका साथमा जति कम्र्फटेबल भइन्छ त्यति नै जीवनको अन्य पक्षप्रति सकरात्मक रहन सम्भव हुन जान्छ ।
यौन र पैसा, समाजको दुई जटिल मुद्दा हुन् । यसबारेमा विचार विमर्श गर्नु जति आवश्यक छ, यसको व्यवहारिक पक्ष उत्तिकै अप्ठ्यारो छ । यसैले यी दुवैको स्तरमा सबैभन्दा बढी समस्या र कुण्ठाहरु अनुभव गर्न पाइन्छ । दम्पतीले यी विषय वस्तु सहजता पूर्वक आपसमा कुराकानी गर्न सकेमा कयन् समस्याको समाधान निस्कन सक्छ र कयन् समस्या सिर्जना हुन पनि पाउँदैन । जो व्यक्तिले आफ्नो निजी जीवनमा आफ्नो आवश्यकता र इच्छाका बारेमा स्पष्ट अभिव्यक्ति राख्न सक्छ उसका लागि प्रोफेसनल जीवनमा पनि आफ्नो कुरा स्पष्ट रुपमा व्यक्त गर्न सहज हुन्छ । अतः यौन र पैसा दुवै मामिलामा थोरै बोल्डनेस र कन्फिडेन्स चाहिन्छ नै ।