Friday 4 September 2026 / शुक्रबार, १९ भाद्र २०८३

काठमाडौं, नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछिको अवस्थाबारे छलफल गर्न आज (मंगलबार) स्थायी समितिको बैठक बोलाएको छ ।

वैठक अहिले बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । बैठकले शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा सहभागी हुने नेताहरूबारे पनि निर्णय गर्ने सम्भावना छ ।

आजबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिँदै छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । सर्वोच्च अदालतको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने भएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय