Friday 3 February 2023 / शनिबार, २१ माघ २०७९

एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सहित १० खेलाडी ड्राफ्टमा परेका छन् ।
पाकिस्तान क्रिकेट बोर्डले शनिबार ड्राफ्टमा सहभागी खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा नेपालबाट प्लेनिटम क्याटेगोरीमा सन्दीप लामिछाने र सिल्भर क्याटेगोरीमा पारस सहित ९ खेलाडी परेका छन् ।
पिएसएलले सार्वजनिक गरेको ड्राफ्टमा सिल्भर विदेशी कोटामा दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, पारस खड्का, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख छन् ।
हरेक टोलीले समान तीन-तीन प्लेटिनम, डाइमन्ड, र गोल्ड क्याटेगोरीका खेलाडी अनुबन्ध गर्नुपर्ने हुन्छ । पाँच सिल्भर, इमर्जिङ र पूरक दुई दुई खेलाडी अनुबन्ध गर्न पाउछन् । १६ कुल खेलाडी भएमा ११ अनिवार्य पाकिस्तानी खेलाडी हुनुपर्ने हुन्छ । १८ खेलाडी भएमा १२ पाकिस्तानी खेलाडी अनिवार्य अनुबन्ध गर्नुपर्ने हुन्छ । प्लेइङ ११ मा एउटा टोलीले कम्तिमा ४ मात्र विदेशी खेलाडी खेलाउने पाउने गर्दछन् ।
२० देशबाट ४ सय भन्दा बढी विदेशी खेलाडी पिएसएल ड्राफ्टमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय