गोरखा । विद्यालयलाई प्रविधिमैत्री बनाउनको लागि गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ ले शिक्षकलाई ल्यापटप वितरण गर्ने भएको छ ।
कोभिड संक्रमणको प्रभावसँगै विद्यालय, शिक्षक र विद्यार्थीलाई प्रविधिमा जोड्ने उदेश्यले वडाभित्रका सबै सामुायिक विद्यालयलाई ल्यापटप वितरण गर्न लागेको वडा अध्यक्ष शरण श्रेष्ठले भनाइ छ ।
शिक्षकलाई ५० प्रतिशत अनुदानमा ल्यापटप र विद्यालय र स्वास्थ्य चौकीलाई प्रोजेक्टर अनुदानमा वितरण गर्न लागिएको पनि बताए । यसका लागि वडा कार्यालयले कार्यविधि बनाउने पनि उनको भनाइ छ ।


