Friday 27 January 2023 / शनिबार, १४ माघ २०७९

काठमाडौँ,आज २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस। पृथ्वी जयन्तीको अवसरमा विविध कार्यक्रम गरी मनाइँदैछ । पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको र्‍याली
बाजागाजासहित सहभागीहरु मुल सडकमा हिँडेपछि प्रहरीले पैदलयात्रीको बाटोतर्फ जान आग्रह गरेको थियो ।

केही समय धकेलाधकेल भएपछि र्‍यालीमा सहभागीले प्रहरीविरुद्ध नारा लगाउँदै सिंहदरबारको पश्चिम गेटको पृथ्वीनारायण शाहको शालिकतिर अगाडि वढेका थिए । र्‍यालीमा सहभागीले प्रहरीविरूद्ध नाराबाजी गरेका छन् ।

सहभागीहरूले अखण्ड नेपाल जिन्दावाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राष्ट्रिय एकता जिन्दावाद, पृथ्वी नारायण शाह अमर रहून् लगायत नारा लगाइरहेका छन् । उक्त अभियानमा बलिउड अभिनेत्री मनीषा कोइराला, रमेश खरेललगायत उपस्थित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय