Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी १० औं महाधिवेशनका लागि एशिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसि सचिव पदमा उम्मेदवारी दिएका छन । सरल, इमान्दार र सहयोगी स्वभावका धनी न्यौपाने आफ्नो कर्मथलो मलेसियामा जति प्रख्यात छन् त्यति नै प्रख्यात विश्वभरका गैरआवाशिय नेपालीमा पनि छन् ।

गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सफलतापुर्वक रुपमा प्राप्त गरेको ऐतिहासिक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवका माध्यमबाट विश्वसामु पुग्न नयाँ जिम्मेवारी वहन गर्न सक्ने न्यौपानेले प्रतिवद्धता व्यक्त गरे । न्यौपानेले अहिलेसम्म सबै साथिहरुको माया, साथ, शुभेच्क्षा र समर्थनले सफलता हासिल गरेकोले अब पनि सोही अनुरुप आईसीसी सचिवमा पनि अत्याधिक मतले विजयी गराई सफलतालाई निरन्तरता दिन सबै गैरआवासीय नेपालीलाई अपिल गरे ।

हाल एसिया प्यासिफिक सहसंयोजक भएर सफलताका साथ जिम्मेवारी पुरा गरेका न्यौपानेले आगामी कार्यकाल २०२१–२३ का लागि सचिवमा उम्मेदवारी दिएका छन। संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधपछी सचिव पदमा उम्मेदवारी दिएको न्यौपानेले बताए । एनआरएनए मलेसियाको उपाध्यक्ष, आईसीसी सदस्य, अध्यक्ष र हाल एसिया प्यासिफिक सहसंयोजकको जिम्मेवारी सफलतापूर्वक निभाईसकेका न्यौपानेले एनआरएनए अभियानमा लागिरहँदा मलेसिया, मध्यपुर्व र कोरियाका श्रमिकका मुद्धालाई स्थापित गर्न आइसीसी सचिव पदमा उम्मेदवारी दिएको बताए ।

सचिब पदमा उम्मेदवारी दिंदै न्यौपानेले आफ्ना प्रतिवद्धताहरु पनि सार्बजनिक गरेका छन् । उनको प्रतिवद्धतामा सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार, गैरआवासीय नेपाली नागरिकता, रेमिट्यान्सको सही सदुपयोग र लगानी, स्वदेशमा पर्यटन प्रर्वद्धन र विदेशमा नेपाल चिनाउन, एनआरएनमा सबैको स्वामित्व, गोर्खाजको सम्मानित अधिकार तथा राष्ट्र विकासका लागि योगदान र विज्ञ नेपालीको पहिचानलगायतका विषय रहेको छ । मलेसिया तथा नेपालमा विभिन्न व्यवसायमा लगानी गरेर सयौंलाई रोजगारी दिएका न्यौपानेले मलेसियासँगै नेपालमा हाईड्रो,ट्राभल्स,रियल स्टेटलगायत क्षेत्रमा लगानी गरेका सफल व्यवसायी हुन । एसिया प्यासिफिक क्षेत्रको प्रतिनिधित्व गर्दै टिम कुल आचार्यबाट आइसीसी सचिव पदका उम्मेदवार न्यौपानेको विजय निश्चित देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय