Friday 27 January 2023 / शुक्रबार, १३ माघ २०७९

काठमाडौं । प्रचण्ड–माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा नेपाले भने, ‘उहाँ (केपी ओली) एकलिनुभएको छ केपी ओली गुटले अगाडि सारेका भ्रमहरुलाई एक एक गरी चिर्नुपर्ने बताए । उनले भने, ‘उहाँको विशेषता नै भ्रम र झुट हो । केपी ओलीले लोकतन्त्रको मर्ममाथि प्रहार गर्नुभएको छ। हामी कुनै पद प्राप्तिका लागि होइन, संविधान र लोकतन्त्रको रक्षाका लागि लागेका हौं । ओली झुटको पुलिन्दा हुनुहुन्छ ।

केपीले ४ सय केन्द्रीय सदस्यलाई पाँच सयको बनाउनुभयो । त्यसपछि ११ सयको बनाउनुभयो । अहिले १५ सयको बनाइएको छ । उहाँको सडक छाप पार्टीमा को को जानुहुन्छ । त्यो प्ररित्याग गर्ने क्रम जारी छ । त्यो सडक छाप पार्टीमा कति बस्न हुन्छ ।

उनले नेकपाका उपाध्यक्ष वामदेव गौतम बालुवा पेलेर तेल निस्कन्छ भनेर लागेको बताए । ‘बालुवा पेलेर तेल निस्कन्छ कि भनेर वामदेव कमरेड लागिरहनुभएको छ तर त्यो सम्भव नै छैन। ओली कहिले सुधारिने मानिस होइन। उहाँ कहिले झुक्न खोज्नुहुन्न,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय