काठमाडौं, इटालीको उत्तरी शहर मिलानमा एक निजी जहाज दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । उक्त निजी जहाज मिलानस्थित एउटा खाली घरमा ठोक्किएको बीबीसीले जनाएको छ ।
जहाज दुर्घटना हुँदा ठूलो विस्ष्फोट भएको र त्यसले स्थानीयवासी त्रसित भएका थिए । जहाज खस्दा पार्किङ गरेर राखिएका धेरै कारहरु आगलागी भएका छन् । स्थानीय सरकारले विमान दुर्घटनाबारे छानविन सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममहरुले बताएका छन् ।


