काठमाडौँ । वर्गर हबले वर्गर पारखीलाई लक्षित गर्दै काठमाडौँको जडीबुटीमा करिब रु तीन करोडको लगानीमा वर्गर हब रेस्टुरेन्ट सन्चालनमा ल्याएको छ ।
माघे संक्रान्तिको अवसर पारेर आज देखि रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । वर्गर हबका सञ्चालक तथा अध्यक्ष रक्तिम किरणले काठमाडौँ, भक्तपुर र ललितपुरका स्थानीय तथा मध्यम वर्गीय उपभोक्तालाई लक्षित गरी सञ्चालन गरिएको बताए ।
रेष्टुरेन्टमा विषेश परिकारको रुसमा वर्गरलाई ‘फोकस’ गरी सम्पूर्ण सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देशयले लगानी गरिएको उनले बताए । वर्गर हब एकै पटक धेरै जनालाई सेवा दिन सक्ने काठमाडौँ उपत्यकाकै ठूलो र पहिलो रेष्टुरेन्ट भएको सञ्चालक किरणले दाबी गरे ।
सो रेष्टुरेन्टमा एकै समयमा ३०० जनाले सेवा लिन सक्नेछन् । रेष्टुरेन्टमा सयौँ प्रकारका खानाका परिकार पाउन सकिने उनले बताए । उपभोक्ताले विश्वमै चर्चित वास्किना रविन्सो आइसक्रिम केक र कफि लगायत नयाँनयाँ ब्रान्डका भेज तथा ननभेज परिकारको स्वाद आफ्नो रेष्टुरेन्टबाट लिन सक्ने उनको भनाइ छ ।
रेष्टुरेन्टमा लाइभ म्युजिकका साथमा विभिन्न परिकारका स्वाद लिन सकिनेछ । स्थानीय स्वादमा स्थानीय खानाका परिकार तथा अर्गानिक खानेकुरा सुलभ मूल्यमा पाइने संचालक किरणले बताए ।