काठमाडौँ ८ माघ । काठमाडौँ उपत्यकामा आज विहानैदेखि यातायातमा जोर विजोर प्रणाली लागू गरिएको छ ।
तीनवटै जिल्लाको आदेश अनुसार अहिले ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ । गएराती १२ बजेदेखि नै उक्त आदेश लागू भएको हो ।
जोर गते जोर नम्बर प्लेट भएका गाडी र विजोर गते विजोर नम्बर प्लेट भएका गाडी चल्न पाउने छ
आदेशमा जोर गते जोर नम्बर प्लेट भएका गाडी र विजोर गते विजोर नम्बर प्लेट भएका गाडी चल्न पाउने छ । अत्यावश्यक बाहेकका केही सवारीमा भने आदेश लागू हुने छैन ।
काठमाडौँ प्रशासनले अन्यौलता चिर्दै पुरक आदेश जारी गरी त्यस विषयमा थप स्पष्ट पारको छ । उपत्यकामा पुरक आदेश दिँदै प्रशासनले तोकिएका सवारी साधानलाई जोरविजोर लागू नहुने सार्वजनिक गरेको छ ।
जोरविजोर लागू नहुने सवारी साधान
औषधी एबं स्वास्थ्य सामग्री बोकेका सवारी, एम्बुलेन्स, दमकल, शव वाहन, ग्याँस पेट्रोलियम पदार्थ बोकेका, खाद्यान्न दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपंक्षि, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधान तथा निर्माण सामग्री बोक्ने सवारी साधन ९चालक सहचालक मात्र० लाई उक्त नियम लागू हुने छैन ।
यस्तै परिचयपत्रको आधारमा बंैक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दुरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साध, सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधान तथा सरकारी सवारी र कुटनीतिक नियोगका सवारी साधन निर्वाध रुपमा सञ्चालन गर्न पाइने छ ।
अन्य सार्वजनिक तथा निजी सवारी साधान भने जोर दिनमा जोर नम्बर प्लेट भएका र विजोर दिनमा विजोर नम्बर प्लेट भएका मात्रै चल्न पाउने छन् ।


