Sunday 6 October 2024 / सोमबार, २१ आश्विन २०८१

काठमाडौं। नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको अदालतप्रति भरोसा रहेको बताएका छन्। शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा निर्णय सार्वजनिक गर्ने क्रममा प्रचण्डले आफूहरुको अदालतप्रति भरोसा रहेको बताएका हुन्।
ओलीले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्ने गरी प्रतिनिधिसभा विघटनको काम गरेको प्रचण्डले बताए। सबै राजनीतिक बुद्धिजीवी, नागरिक समाज जनवर्गीय संगठन देशभित्र र बाहिरका संविधान र कानूनविद्हरू प्रतिनिधिसभा विघटनको कदम संविधानको व्यवस्था विपरीत छ भन्नेमा एकमत रहेको उनले बताए। प्रचण्डले सर्वोच्चले प्रधानमन्त्रीको निर्णय असंवैधानिक छ भन्नेछ भन्नेमा आफू विश्वस्त रहेको बताए।
प्रचण्डले भने, ‛यो मुद्दा अदालतमा मात्रै गएको छैन। जनतामा पनि गएको छ। जनताको जिम्मेवारी र सडकमा पनि गएको छ। सदनमा भएका सबै प्रमुख राजनीतिक दलले संघर्षका कार्यक्रम घोषणा गरेका छन्।’
आन्दोलनको पहिलो चरणबाट सकारात्मक परिणाम नआएमा प्रचण्डले गम्भीर खालको आन्दोलन गर्ने बताएका थिए।
पत्रकार सम्मेलनमा प्रचण्डले पार्टीमा ४४१ जना केन्द्रीय सदस्यहरू रहेको र २९५ जना केसका हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको बताए। दाहालले प्रधामन्त्रीबाट असंवैधानिक र निर्मम तरिकाले लोकतन्त्रको हत्या गर्ने दुस्साहस भएको पनि बताएका थिए। प्रचण्डले आफूहरूलाई निर्वाचन आयोगप्रति पनि भरोसा रहेको भन्दै संविधानको ऐन नियमको व्यवस्थाअनुसार पार्टीको नाम चुनाव चिह्न, लोगो आफूहरूलाई प्रदान गर्नेछ भन्नेमा पूरा विश्वास रहेको बताए। तर कहिलेकाहीँ संविधानविरोधी गतिविधि भइरहेको बेला संशंकित भएको पनि बताए ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय