Saturday 13 June 2026 / शनिबार, ३० जेष्ठ २०८३

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीका तर्फबाट उहाँका संस्कृति मामिलासम्बन्धी सल्लाहकार माधव शर्मासहित सचिवालयका सदस्यहरु संस्कृतिविद् जोशी उपचाररत ललितपुरको ग्वार्काेस्थित किष्ट अस्पतालमा आज पुगेर स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

आजै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पनि अस्पताल पुगेर जोशीको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको थियो । केही दिनअघि स्वास्थ्यमा समस्या भई उपचारार्थ भर्ना हुनुभएका जोशीको हाल स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका भतिज अजर जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय