Saturday 13 June 2026 / शनिबार, ३० जेष्ठ २०८३

काठमाडौँ २ फागुन । स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी उपचार गरी अस्पतालबाट घर फर्कनुभएको छ ।

ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा गत साता भर्ना हुनुभएका जोशी सोमबार पाटनस्थित निवासमा फर्कनुभएको उहाँका भतिज अजर जोशीले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिले संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय