Friday 19 August 2022 / शुक्रबार, ३ भाद्र २०७९

काठमडौँ, १४ चैत,
सिजन मिडियाले आज एक संस्थासहित १६ व्यक्तिलाई दोस्रो संस्करणको ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२१’ प्रदान गरेको छ ।

राष्ट्रिय नाचघर जमलमा आज एक समारोहका बीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले उहाँहरुलाई दोसल्ला ट्रफी सहित सम्मानपत्रका साथ सम्मान गर्नुभएको हो ।


सम्मानित हुनेमा मुलुकभर कै सडकमा आइपुगेका असहाय, वेसहारा तथा मनोरोगीहरुलाई उद्धार गरी संरक्षण, पालन पोषण तथा पारिवारिक पुनःमिलन गराउँदै आएको संस्था मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी सहित वयोवृद्धा रोटरी क्वलअफ त्रिपुरेश्वरकी पुर्व असिस्टेनट गर्भनर ७८ वर्षिय समाजसेवी पञ्चकुमारी मानन्धर लाई विशेष सम्मान सहित अवार्ड प्रदान गरिएको थियो ।

उक्त आश्रमले विसं २०८२ सम्ममा मुलुकभर नै सहयोगापेक्षी सडकमानवमुक्त बनाउने उद्देश्य लिएर अभियान अघि बढाइरहेको छ । सोही योगदानको मुल्यांङ्कन गर्दै अवार्ड प्रदान गरिएको आयोजक सिजन मिडियाले जनाएको छ ।


उक्त समारोहमा चितवन खैरहनिका व्यवसायी तथा समाजसेवी राममणी अधिकारी , ललितपुरका समाजसेवी डा लछी सिंह, अपाङ्ग सेवा संघ ललितपुर संस्थापक दयाराम मर्हजन, नार्कोनन नेपालका अध्यक्ष पूजा कुँवरलाई पनि सम्मान सहित अवार्ड प्रदान गरिएको थियो ।

यस्तै चितवनमा रहेको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरी, धनुषाका मानवअधिकारकर्मी तथा समाजसेवी सरोज राय, वुटवलमा रहेको ग्लोवल मिडिया सोलुशन का अध्यक्ष गौतम भूसाल, गामवेशी चेपाङ्ग संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा, पोखराकी सञ्चारकर्मी, समाजसेवी तथा व्यवसायी मिलन थापालाई पनि सोही अवसरमा अवार्ड प्रदान गरिएको थियो ।

यस्तै भोलेन्टियर कोर नेपालका अध्यक्ष दीपक चापागाई, समता स्कुलका प्राचार्य अजय अधिकारी पत्रकार तथा विराटनगरका समाजसेवी नरेन्द्र बस्नेत, व्यवसायी तथा समाजसेवी सिजन श्रेष्ठ, समाजसेवी अमेरीकामा रहेका भक्तबहादुर भण्डारी तथा सिन्धुपाल्चोकमा रहेको सामाजिक संस्था ‘हाम्रो जन्मभूमि’ लाई पनि सम्मान गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो । उहाँले विभिन्न पेशा र व्यवसायमा लागेर समाजमा योगदान गर्दै आएका र नितान्त समाज कै लागि भनेर अहोरात्र खटिएका व्यक्तिहरुलाई छनोट गरी उक्त अवार्ड प्रदान गरिएको जानकारी दिनुभयो ।

उहाँले यसको उद्देश्य भनेको सामाजिक अभियन्ताहरुलाई हौसला र प्रेरणा दिनका लागि हो भन्नुभयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि मन्त्री रेग्मीले समाज परिवर्तनका लागि समर्पित समाजसेवीहरू आवश्यक रहेको र यस्ता कार्यक्रमले उहाँहरूलाई अझै सेवाभावमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुृभयो ।

उहाँले भन्नुभयो, “समाजमा हत्या, हिंसा भइरहेको तथा आफैँलाई जन्म दिने बाबुआमालाई सडकमा पु¥याउने र आफूले पाएका छोराछोरीलाई सडक चौतारीमा पठाउने अवस्था रहेको देखिन्छ, यो मानवता हराइरहेको अवस्थामा धेरै समाजसेवीहरू आउन जरुरी छ ।”

उहाँले आफ्नो सुख, समय र कमाइ काटेर समाजसेवामा लागेकोप्रति धन्यवादसमेत दिनुभयो ।
मन्त्री रेगमीले समाजमा धेरै विसङ्गति र विकृतिहरू कायमै रहेकाले त्यसलाई राज्यले मात्रै लठ्ठी लगाएर रोक्न नसकिने बताउँदै जबसम्म मानिसको मानिसकतामा परिवर्तन हुँदैन तबसम्म समाज परिवर्तन हुन सक्दैन भन्नुभयो ।

घरको डाडु, पन्यू चलाउने महिला भएजस्तै राज्यको डाडु, पन्यू चलाउने ठाउँमा पनि महिला पुग्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय