तस्वीरहरु ः प्रदीपराज वन्त,प्रशिक्षार्थी
काठमाडौं- पुर्व निर्धारित रुपमा प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । विभिन्न जिल्लाबाट काठमाडौँमा १ लाख मान्छे उतार्ने प्रचण्ड(माधव समुहका नेताहरुको लक्ष्य रहेकोले वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेका छन् ।

विरोधसभामा एक लाख बढी कार्यकर्ता उतारेको सो समूहले दाबी गरेको छ । प्रचण्ड–माधव समूहको जुलुस माइतीघर, चारखाल डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट निस्किने जुलुस
रत्नपार्कमा भेला भएर मूल जुलुसको रुपमा परिणत हुने छ । सो मूल जुलुस भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुने छ ।

विरोधसभालाई अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्नेछन् । संसद विघटनको असंवैधानिक कदम फिर्ता नलिएसमा आन्दोलन जारी रहने बताइएको छ ।









































